सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको माग गर्दै सरकारलाई ज्ञापनपत्र

  • सोमबार ४ साउन २०८३ ०३:०२ PM
कपिलवस्तु, ०४ साउन । नेपाल सरकारले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन, २०८३ का विभिन्न प्रावधान संशोधन गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। संगठनको केन्द्रीय समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार बिहान जिल्ला प्रशासन कार्यालय कपिलवस्तु पुगेका संगठनका पदाधिकारी, चालक, सहचालक, परिचालक,