भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप

  • सोमबार ४ साउन २०८३ ०८:४७ AM
बागमती । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरमा अवस्थित प्रसिद्ध भुवनेश्वर पशुपति मन्दिरमा आज दर्शनार्थीको चाप देखिएको छ । मन्दिरमा हरेक वर्ष साउन महिनामा विशेष गरी सोमबार हेटौँडा र आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको भुवनेश्वर पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष जगन्नाथ पाण्डेले जानकारी दिए । मन्दिरमा आउने दर्शनार्थीको उचित व्यवस्थापनसँगै उनीहरूलाई लक्षित गरी विभिन्न सङ्घसंस्थाबाट निःशुल्क