सिलिकनमा मिसाएर कपडाको आकारमा तयार पारिएको ४ किलो २५८ ग्राम कोकेन सहित दुई विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योनेथ गार्जन कैकेएदो र भारतीय महिला ३७ वर्षीय रेबेक्का पुल्ले रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार असार ३१ गते कतार एयरवेजको उडान मार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएका उनीहरूलाई काठमाडौं