पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • सोमबार ४ साउन २०८३ ०८:१० AM
पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको हो। विभागका मौसमविद् बिनु महर्जनका अनुसार सोही अवधिमा बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा भारीदेखि धेरै भारी वर्षा दर्ज भएको छ। तुलनात्मक रूपमा मधेस प्रदेशमा भने यस