विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (सुकुना मावि)मा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा विद्यालयका दुई शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । घटनापछि विद्यालयमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् । सुन्दरहरैँचा नगरपालिकाले आरोपितहरूलाई तत्काल निलम्बन गरेर कानुनी प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा सुन्द