एजेन्सी । इन्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तमा ‘केएम नुरुल साल्सा’ नामक डुङ्गा दुर्घटना भई बेपत्ता भएका पाँच जनालाई चार दिनपछि जीवितै फेला पारिएको छ । देशको खोज तथा उद्धार एजेन्सीले आइतबार जानकारी दिएअनुसार ती व्यक्तिहरूलाई माटाल्लाङ टापु नजिकै एउटा माछा मार्ने डुङ्गाले फेला पारेको थियो । समुन्द्रको बिचमा माछा आकर्षित गर्न प्रयोग गरिने विशेष यन्त्रको सहारामा