बर्ड फ्लुले ठप्प हुँदा जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

  • सोमबार ४ साउन २०८३ ०२:४४ AM
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म बन्द गर्दा तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो। सङ्क्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ।.चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित