संखुवासभा, ३ असार। आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन । मादी नगरपालिका–४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका–७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । The post श्रीमतीको हत्या गर्ने ५६ वर्षीय श्रीमान पक्राउ appeared first on Kalika Khabar.