एमाले मुख्यालय च्यासलमा ‘झ्याप्प’ बत्ती गएपछि बालेनमाथि खनिए शंकर पोखरेल

  • आइबार​ ३ साउन २०८३ ०७:४४ AM
काठमाण्डु– पार्टीका सांसदहरुसँगको अन्तरक्रिया सुरु हुनै लाग्दा पार्टी मुख्यालय बल्खुमा बत्ती गएपछि एमाले महासचिव शंकर पोखरेल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग खनिएका छन् । ‘कामबाहेक केही नगर्ने’ बताएका प्रधानमन्त्री शाहको शासनमा विद्युत आपूर्तिमा गडबडी भएको भन्दै उनले आक्रोश पोखे । भर्चुअल दुनियाँमा मात्र सरकार देखिएको र बास्तविक जीवनमा मानिसले महसुस गर्ने गरी सरकारले कामै नगरेको