काठमाडौँ। डिजिटल बैङ्किङलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैङ्कले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ। यो नयाँ सहकार्यपछि अब एनएमबि बैङ्कका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैङ्किङ फर्महरू सजिलै भर्न सक्नेछन् । यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैङ्कको काम सहज