काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुर्सी मोह र व्यक्तिगत स्वार्थका लागि दक्षिणपन्थी शक्तिसँग ‘अपवित्र साँठगाँठ’ नगर्न पार्टी पंक्तिलाई चेतावनी दिएका छन् । उनले अहिलेको जटिल राजनीतिक परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न