नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आज संघीय संसद्का आफ्ना सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले