काठमाडौं : फ्रान्सका कप्तान केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा नयाँ रेकर्ड कायम गरेका छन्। उनले इङ्ल्यान्डविरुद्ध भएको तेस्रो स्थानको खेलमा २ गोल गर्दै विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने रेकर्ड बनाएका हुन्।खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा आफ्नो व्यक्तिगत पहिलो गोल गर्दै एम्बाप्पेले जारी विश्वकपमा नवौँ गोल पूरा गरेका थिए। यो गोलसँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको २१ विश्वकप गोलको रेकर्ड बराबरी गरे।खेलको ६६ औँ मिनेटमा एम्बाप्पेले पुनः अर्को उत्कृष्ट गोल गर्दै