शनिबार राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड बन्द

  • शनिबार २ साउन २०८३ ११:०१ PM
काठमाडौं : आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर आज राति १० बजेदेखि सडक बन्द हुने जानकारी दिएको हो। अर्को सूचना जारी नहुँदासम्म सडक बन्द रहने छ। ‘रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरी आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ मुग्लिङ-काठमाडौं सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको व्यहोरा सबैमा जानकारी गराइन्छ&