झापामा दुर्घटनाको ‘ग्राफ’ उकालो : छुट्टाछुट्टै दुई दुर्घटनामा एकैदिन चार जनाको मृत्यु

  • शनिबार २ साउन २०८३ १०:२१ AM
झापा : झापामा पछिल्ला दिनमा सवारी दुर्घटनाका घटना बढ्दै गएका छन्। शुक्रबार मात्रै जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक किशोरसहित चार जनाको मृत्यु भएको छ। तीमध्ये तीन जनाको उपचारका क्रममा ज्यान गएको हो।