कर्णालीमा सत्ता फेरबदल : नेकपाभित्रै पनि ‘असन्तुष्टि’

  • शनिबार २ साउन २०८३ ०३:०१ PM
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेससँग मिलेर जाने विषयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रको असन्तुष्टि पनि सतहमा आएको छ । नेकपा (एमाले) बाट मुख्यमन्त्री भएका यामलाल कँडेलविरुद्ध नेपाली कांग्रेससँगको सहकार्यमा अविश्वासको प्रस्ताव दर्ता गरी नेपाली कांग्रेससँग मिलेर सरकारमा जाने तयारी गरेपछि नेपाली कम्युनिष्ट पार्टीमा पनि असन्तुष्टि देखिएको हो ।नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीले सत्ता परिवर्तनको खेलमा नलाग्ने स्पष्ट निर्णय गरिसकेको भन्दै आफू