‘फेसबुक वार’मा रेशम–रञ्जिताः रञ्जिताले आफ्नो घरको भित्तामा भ्वाङ पारेर अर्काको घर ताकेको रेशमको आरोप

  • शनिबार २ साउन २०८३ ०८:२६ AM
काठमाण्डु– नागरिक उन्मुक्ति पार्टीभित्रको पुरानो शक्ति संघर्ष रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको सार्वजनिक जुहारीका रूपमा देखिन थालेको छ । श्रीमान–श्रीमती समेत रहेका यी दुई नेताबीचको असमझदारी फेसबुकका कटाक्षपूर्ण स्टाटसमार्फत बाहिर आएपछि उनीहरूको राजनीतिक र व्यक्तिगत सम्बन्धमाथि फेरि प्रश्न उठेको छ । रेमश नागरिक उन्मुक्तिका संरक्षक छन् भने रञ्जिता नेकपा केन्द्रीय सदस्य छिन् । टिकापुर नरसंहारमा