काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारी साधन कारबाहीमा

  • शनिबार २ साउन २०८३ ०७:३३ AM
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ५२१ सवारी साधनलाई कारवाही गरेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको दैनिक ट्राफिक कारबाही विवरणअनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई कारबाही गरेको हो । तथ्याङ्कअनुसार सबैभन्दा धेरै ‘अन्य’ शीर्षकअन्तर्गत ३२३ वटा सवारी साधन कारबाहीमा परेका छन् । त्यसपछि तीव्र गतिमा सवारी चलाउने ६६, हर्नको दुरुपयोग गर्ने ३२, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ३०, रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने २६ र सडक तथा फुटपाथमा पार्किङ गर्ने १९ सवारी ... The post काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारी साधन कारबाहीमा appeared first on Kalika Khabar.