हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस–एमाले सत्ता गठबन्धनमा समस्या उत्पन्न भएपछि सरकारबाट बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएको बताएका छन्।