वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा

  • शनिबार २ साउन २०८३ ०२:०१ PM
काठमाडौं : आम जनता पार्टी (आजपा) ले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको र वर्तमान सरकार हरेक क्षेत्रमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । आजपा प्रवक्ता सुभाष साहद्वारा आज जारी प्रेस वक्तव्यमा सरकारको अपरिपक्व कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको दाबी गरिएको छ ।विज्ञप्तिमा आर्थिक वर्ष २०८२ / ०८३ मा लक्ष्यको तुलनामा निकै कम राजस्व असुली भएको उल्लेख गरिएको छ भने राजस्व वृद्धिदर विगतका वर्षहरूको तुलनामा न्यूनतम विन्दुमा खुम्चिएको बताइए