काठमाडौं– बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । नेपाली कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो । बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको निर्णयअनुसार मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिए । उनका अनुसार