बागमती सरकारबाट एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

  • शनिबार २ साउन २०८३ ०७:५५ AM
काठमाण्डु – बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो। मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई राजीनामा