दृष्टिबन्धक राखिएको जग्गा पुनः धितो राखेर करोडौं ठगी : एकै परिवारका तीन जना पक्राउ

  • शनिबार २ साउन २०८३ ०७:४५ AM
जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गालाई पुनः बैंकमा धितो राखेर चार करोड रुपैयाँ ऋण लिएको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई प्रहरीले पक्राउ गरेको