काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ वर्ष पूरा गरेको अवसरमा नेपालको जीवन बिमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क (एफपीआई) संकलन गरेको हो । कम्पनीका अनुसार नेपालको जीवन बिमा इतिहासमा पहिलो पटक कुनै कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क संकलन