‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

  • शनिबार २ साउन २०८३ ०१:३८ AM
काठमडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो ।