सञ्चार क्षेत्रमा एआईजस्ता प्रविधिको प्रयोगले नयाँ पुस्तालाई आकर्षण गर्नसक्छ : प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठ

  • शुक्रबार​ १ साउन २०८३ ०५:०१ PM
काठमाडौं : नेपाल प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले सञ्चार क्षेत्रमा एआईजस्ता प्रविधिको प्रयोगले नयाँ पुस्तालाई आकर्षण गर्न सकिने बताएका छन्। अन्नपूर्ण मिडियाको सुपर एप 'सम्पूर्ण'को लन्च समारोहमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पत्रिकाको भीडमा अन्नपूर्णले सधैं फरक देखाउने प्रयास गर्दै आएको बताए। प्रविधिको प्रयोगबाट नयाँ कुरा ल्याएकोमा उनले अन्नपूर्ण मिडियालाई धन्यवाद दिए। उनले एआई प्रविधिका कतिपय कमी कमजोरी पनि रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए। 'एआईले कतिपय जानकारी