काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोन ले आफ्नो दोस्रो विद्युतीय मोडेल ‘ई.मास ५’ आजदेखि नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स ले सोमबार आयोजित विशेष कार्यक्रममा ई.मास ५ का प्राइम र प्रिमियम गरी दुई भेरियन्ट सार्वजनिक गर्न लागेको हो। कम्पनीले सहरी यात्रालाई लक्षित गर्दै ल्याएको यो कम्प्याक्ट विद्युतीय ह्याचब्याकले नेपालमा सस्तो मूल्य वर्गको ईभी बजारमा प्रतिस्पर्धा थप चर्काउने अपेक्षा गरिएको छ। यसअघि कम्पनीले ई.मास ७ विद्युतीय एसयूभी बिक्री गर्दै आएकोमा अब ई.मास ५ सार्वजनिक भएसँगै ह्याचब्याक सेग्मेन्टमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने भएको ... The post प्रोटोनको दोस्रो विद्युतीय कार ‘ई.मास ५’ सोमबार नेपालमा सार्वजनिक हुँदै, ३० लाखभन्दा कम मूल्यमा प्रिमियम फिचर appeared first on Kalika Khabar.