एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी होइन, नवीकृत भएर अघि बढ्छ: ओली

  • शुक्रबार​ १ साउन २०८३ ०९:२७ AM
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै अगामी दिनमा नवीकृत हुँदै अघि बढ्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (एमाले) अर्कालाई नसमातिकन उठ्न नसक्ने लहरो नभएको भन्दै आफ्नै बुतामा अगाडि बढ्ने बताए