सुदूरपश्चिम प्रदेशका दार्चुलासहित विभिन्न जिल्लामा आज साउन १ गते परम्परागत रुपमा लुतो पर्व मनाउने चलन छ । साउने संक्रान्तिका अवसरमा मनाइने यो पर्व रोगव्याधि, लुतो प्रतीकात्मक रूपमा घर र गाउँबाट बाहिर पठाउने विश्वाससँग जोडिएको छ । पर्वका अवसरमा साँझपख स्थानीय बासिन्दाले सल्लोको दियालो, सुक्खा काठ तथा अन्य स्थानीय सामग्रीबाट बनाइएको राँको (मशाल) बाली घर, आँगन,