नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्दै, ९० दिनका लागि निक्षेप सङ्कलन

  • शुक्रबार​ १ साउन २०८३ ०८:१६ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै ९० दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको जनाएको हो। बोलकबोल प्रक्रिया आज दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत सञ्चालन हुनेछ। सूचनाअनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ। यसअन्तर्गत सङ्कलित रकमको साँवा तथा ब्याज आगामी असोज २९ गते भुक्तानी गरिनेछ। यस उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार बोलकबोलमा न्यूनतम १० करोड ... The post नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्दै, ९० दिनका लागि निक्षेप सङ्कलन appeared first on Kalika Khabar.