उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

  • बिहीबार ३२ असार २०८३ ०१:१८ PM
न्यायपरिषद्ले उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको एकै पटक व्यापक सरुवा गरेको छ। बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।