काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश सरकारमा नेकपा एमालेसँगको सहकार्य जारी रहने बताएका छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले बिचको राजनीतिक समीकरणमा फेरबदल आउने संकेत देखिए पनि मधेस प्रदेश सरकार भने संकटमा नरहेको मुख्यमन्त्री यादवले स्पष्ट पारेका हुन् । अन्य प्रदेशहरूमा बजेट तथा नीतिगत विषयमा असमझदारी बढ्दा सत्ता समीकरणमा प्रभाव