स्वास्थ्य पोर्टलबाट दुई हजार बढीले पाए निःशुल्क उपचार सेवा

  • बिहीबार ३२ असार २०८३ १२:१२ PM
काठमाडौं। सरकारले विपन्न,असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत ९० दिनको अवधिमा दुई हजार जनाभन्दा बढी नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्। पोर्टलमार्फत अस्पतालमा उपलब्ध निःशुल्क शय्या र रगतको मौज्दातबारे वास्तविक समय (रियल–टाइम) मा जानकारी लिन सकिने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध हुने अस्पतालको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो सातामात्र १३ अस्पताल थपिएसँगै हाल प्रणालीमा आबद्ध अस्पतालको संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा