इलाम : सूर्योदय नगरपालिका–१ कमिरे टोलकी रीता राईको अरू बैंकमा बैंक खाता छैन। उनको एउटामात्रै खाता आफैं सेयर सदस्य रहेको स्थानीय एन्जेलिया महिला कृषि सहकारी संस्था लिमिटेडमा मात्रै छ। त्यो खातामा मासिक एक हजारको हाराहारीमा बचत गर्छिन्। त्यहीबाट कर्जा लिएर अर्गानिक तरकारी खेती गरिरहेकी छन्। सहकारीसँगको सहकार्यले उनको जीवन सहज बनेको छ।इलाम नगरपालिका–७ की अमृता राईको दैनिकी सात वर्षअघिसम्म सामान्य घरायसी काममै सीमित थियो। तर, आज उनी एक सफल व्यवसायी बन्ने यात्रामा छन्। उनको ‘निक्छु