नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता सहकार्य संकटमा परेसँगै सातै प्रदेश सरकारहरू धरमराएका छन्। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भई एमालेले समर्थन फिर्ता लिएको छ भने कर्णालीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिने तयारी गरेसँगै नयाँ सत्ता समीकरणको कसरत तीव्र बनेको छ। सातै प्रदेशमा नयाँ सरकार गठन वा निरन्तरताका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निर्णायक शक्तिका रूपमा उभिएको छ।पछिल्लो समय कांग्रेसभित