शैक्षिक परामर्श नियमावलीविरुद्ध व्यवसायीहरूद्वारा आन्दोलनको घोषणा

  • बुधबार ३१ असार २०८३ १२:५२ PM
काठमाडौँ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलन घोषणा गरेका छन् । शैक्षिक परामर्श क्षेत्रमा आबद्ध विभिन्न संघ–संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नियमावली निर्माणअघि सरोकारवालासँग पर्याप्त छलफल नगरिएको भन्दै आपत्ति