जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताएका छन् । मधेस प्रदेशसभामा प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३ माथि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री यादवले पछिल्लो समय नागरिकमा मानसिक समस्या बढ्दा आत्महत्या र आत्मदाह जस्ता घटना हुने गरेकाले प्रदेशका प्रत्येक अस्पतालमा