काठमाण्डु – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई भेट गरी सरकारले संघीय संसदमा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाएकी छन् । अध्यक्ष दाहालले सरकारले संघीय संसदमा पेश गर्ने विधेयकहरूको तयारी गरिरहेको थाहा पाउँदा खुसी लागेको बताए । उनले संविधानको कार्यान्वयनका लागि थुप्रै कानुनहरू निर्माण गर्न