काठमाडौँ : नेकपा एमालेमा चासोका साथ हेरिएको पुनगर्ठन प्रतिवेदन लेख्न महासचिव शंकर पोखरेलले सुरु गरेका छन् । गत २५ असारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव पोखरेललाई दिएको थियो । थापा कार्यदलका संयोजक हुन् भने महासचिव पोखरेल सदस्य सचिव छन् । ‘कार्यदलको निर्णय अनुसार उपाध्यक्ष कमरेड र महासचिव कमरेड प्रतिवेदन लेख्न जुट्नु भएको छ,’ प्रचार विभाग प्रमुख निरज आचार्यले भने, ‘प्रतिवेदन तयार भएपछि पार्टीको थप कार्यक्रम बन्छ ।’ हिजोबाट लेख्न शुरु भएको प्रतिवेदन टुंग्याउन एक हप्ता लाग्ने अनुमान गरिएको छ । ‘असाध्यै धेरै सुझावहरु संकलन गरिएको ... The post एमाले पुनगर्ठनको प्रतिवेदन लेख्दै शंकर पोखरेल appeared first on Kalika Khabar.