काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ। महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्ने गरी कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको हो । यसअघि नै उनलाई सञ्चालक समितिको सदस्यमा मनोनीत गरिएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ ३१ मा उनीसहित ५ जना मनोनीत गरेको थियो तर सर्वोच्च अदालतले मेरिटको आ