इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

  • बुधबार ३१ असार २०८३ ०९:५६ AM
काठमाण्डु– इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का दमकबाट ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका हुन् । खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय,