विराटनगर : लागुपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने चालकविरुद्ध मोरङ प्रहरीले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये नौ जना सिटी सफारी चालक र एक जना मोटरसाइकल चालक रहेका छन् । मंगलबार अपरान्ह ४ बजेदेखि ५ बजेसम्म विराटनगर महानगरपालिका–१६ को हुलास चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विशेष चेकजाँच गरेको थियो । चिकित्सकको उपस्थितिमा लापसे परीक्षण किट प्रयोग गरी गरिएको परीक्षणमा १० जना चालकको रिप