मकवानपुरमा १०९ किलो गाँजासहित दुईजना पक्राउ

  • बुधबार ३१ असार २०८३ ११:०० AM
काठमाडौं : मकवानपुरमा १०९ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्। मकवानपुर मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जीपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो ।पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय