सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा गत आईतबार दिउँसो मलङ्गवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको एक सैलुनमा प्रहरीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा सैलुनभित्र कुर्सीमाथि राखिएको कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई