भक्तपुर : हरेक वर्ष करिब १ लाखको संख्यामा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिने गर्छन्। विद्यार्थीको वैदेशिक यात्रासँग अभिभावकको वर्षौंको बचत, भविष्यप्रतिको भरोसा र सुखी जीवनको सपना पनि जोडिएको हुन्छ। विद्यार्थी र अभिभावकको यही सपना पूरा गर्ने पुलका रूपमा पछिल्ला दुई दशकदेखि शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) ले योगदान छ।शैक्षिक परामर्श संस्था अर्थात् कन्सल्टेन्सीहरूले विद्यार्थीहरूलाई शैक्षिक परामर्श, विश्वविद्यालय छनोट, भिसा प्राप्ति, शुल्क भुक्तानी, विदेश प्रस्थान र अध्ययनमा सहजीकर