भोलिदेखि १४.२ किलो एलपी ग्यास वितरण गर्ने निगमको निर्णय, मूल्य २ हजार ६० रुपैयाँ

  • मङगलबार ३० असार २०८३ ०१:५५ PM
काठमाण्डु – नेपाल आयल निगमले भोलि बुधबारदेखि देशभर पुन: १४.२ किलोग्रामको एलपी ग्यास सिलिन्डर भर्ने र साविककै मूल्यमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार भारतीय आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्थामा सुधार आउनुका साथै उपभोक्ताबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च माग रहेकाले निगमले पुरानै प्रणालीमा फर्किने