रुकुमपश्चिम । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजङ्गलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ । मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदल यात्रापछि पुगिने ठूली दह बिदामा घुम्न जाने पर्यटकको रोजाइमा