काठमाडौं : बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता शुभारम्भ गरेका हुन् । समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका