काठमाडौं । नेपाल प्रहरीले नागरिकले सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा ट्राफिक प्रहरीले सङ्कलन गर्ने सम्पूर्ण जरिवानाबापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको