मनसुनजन्य विपद्का लागि पूर्वतयारी गर्न सरकारलाई सभामुखको निर्देशन

  • मङगलबार ३० असार २०८३ ०८:३२ AM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धारका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई